हेटौंडा मेयर कपमा फुटबल प्रतियोगितामा वडा नंबर १० र १८ भिड्दै



फागुन २३, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा जारी हेटौंडा मेयर कप फुटबल प्रतियोगितामा उपाधीको लागि वडा नंबर १० र १८ भिड्ने भएका छन् ।

हेटौंडा–४ हुप्राचौरमा भएको खेलमा दुबै टोली ट्राइब्रेकरमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका छन् ।शनिबार भएको पहिलो खेलमा वडा नंबर १० ले वडा नंबर १३ लाई ट्राइब्रेकरमा ४–१ गोल अन्तर पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यसअघि खेलमा सुरुवाती अग्रता वडा नंबर १० ले लिएको थियो । खेलको आठौँ मिनेटमा सुमन छुम्मीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, त्यो अग्रता वडा नंबर १० ले टिकाइराख्न सकेन। खेलको १२ औं मिनेटमा वडा नंबर १३ का संयोल सुनारले गोल गर्दै खेल १–१ गोलको बराबरी ल्याए। निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।  त्यस्तै दोस्रो सेमिफाइनल खेलमा वडा नंबर १८ ले वडा नंबर ५ लाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

यसअघि खेलमा सुरुवाती अग्रता भने वडा नंबर५ ले लिएको थियो। खेलको २६ औं मिनेटमा वडा नंबर ५ का मिलन अर्यालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। वडा नंबर ५ को अग्रता खेलको ४४ औँ मिनेटमा तोडियो । वडा नंबर १८ का बिमल घलानले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याए । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पहिलो सेमिफाइनलमा खेलको म्यानअफ द म्याच वडा नंबर १० का दिपेश गोले घोषित भए भने दोस्रो खेलको वडा नंबर१८ का अनिश रोक्का घोषित भए ।

प्रतियोगिताको फाइनल खेल भोलि (सोमबार) साबिक बिजेता वडा नंबर १० र वडा नंबर १८ भिड्नेछ । खेल दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ, उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँचरपाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*