ओली-प्रचण्डको नेकपा खारेज, आधिकारिकता ऋषि कट्टेलको नेकपालाई

फागुन २३,काठमाडौँ– लामो रस्साकस्सीपछि सर्वोच्च अदालतले रिसी कट्टेलको पार्टी नेकपालाई आधिकारिता दिने फैसला गरेसँगै एकता अघिका साविक नेकपा एमाले र नेकपा माओवादी पुरानै अवस्थामा फर्कने अवस्था बनेको छ।

आफ्नो पार्टीसँग नाम जुध्नेगरि केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वले नेकपा पार्टी निर्वाचन आयोगमा नाम दर्ता गरेपछि त्यसको विरुद्ध कट्टेल सर्वोच्च पुगेका थिए।

सर्वोच्चका न्यायाधिशद्धय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार कट्टेलले आयोगमा दर्ता गरेको नेकपा नै आधिकारिक नाम भएको ठहर गरेको छ।

सर्वोच्च अदालतको यो फैसलासँगै नेकपाका रुपमा पार्टी एकिकरण भएका तत्कालिन माओवादी र तत्कालिन नेकपा एमालेले अब के गर्छन् त्यो अन्योलपूर्ण बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*