सुनको मूल्य ह्वात्तै घट्यो , तोलाको कति ?

फागुन २५, काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा एक सय रुपैयाले बढेको सुनको मूल्य आज ६ सय रुपैयाले घटेको हो ।

सोमबार प्रतितोला ८६ हजार २ रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८५ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैंयाँले घटेर १ हजार २५५ रुपैयामा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*