हेटौंडामा जारी शहीद स्मृति गोल्डकपमा आज एपीएफ र बागमती युवा क्लब भिड्दै

चैत्र १, हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगितामा आज नेपाल एपीएफ र बागमती युवा क्लब सर्लाही भिड्दै छन्।

खेल हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा दिउँसो दुई बजेबाट सुरु हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।

आजको खेलमा जित हातपार्ने टोली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्नेछ । सेमिफाइन प्रवेशको लागि विजेता टोलीले अफ्रिकन रुट्स एशोसिएसन (अरास) डुवल क्यामरुनसंग भिड्नेछ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।

यसैगरि विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । फागुन २७ गते देखी शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*