सुनको भाउ बढ्यो, तोलामा कति ?

चैत्र १, काठमाण्डौ – हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ८६ हजार २ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*