विश्वभर १२ करोड व्यक्ति कोरोना संक्रमित, २६ लाखबढीको मृत्यु

काठमाडौं, चैत १ । विश्वव्यापी महामारी कोराना भाइरसबाट विश्वमा अहिलेसम्म १२ करोडभन्दा बढी व्यक्ति संक्रमित बनेका छन् । कोभिड–१९ बाट करिब २६ लाख ६० हजार व्यक्तिको मृत्यु भएको वर्डो मिटर डटकमले जनाएको छ ।

यस महाब्याधीबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा मात्र संक्रमित हुनेको संख्या ३ करोड ४३ हजार नाघेको उक्त वेबसाइटले जनाएको छ । कोरोना नियन्त्रणका लागि अनेकन प्रयास गर्दा पनि अमेरिकामा अहिलेसम्म ५ लाख ४६ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

९ करोड ६५ लाख व्यक्तिले कोरोना भाइरसलाई जित्दा विश्वमा अझै पनि करिब २ करोड ९ लाख व्यक्ति भाइरस बोकेरै बाँचिरहेका छन् । जसमा करिब ९० हजारको संख्या गम्भीर रहेको जनाइएको छ ।

अमेरिकापछि धेरै प्रभावित बनेको राष्ट्र ब्राजिलमा एक करोड १४ लाखभन्दा धेरै मानिसलाई संक्रमण हुँदा दुई लाख ७७ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

यस्तै, तेस्रो प्रभावित देश भारतमा एक करोड १३ लाखभन्दा व्यक्ति संक्रमित हुँदा एक लाख ५८ हजारभन्दा बढीको मृत्यु भएको उक्त वेबसाइटले उल्लेख गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*