चैत्र १३ देखि चौँथो बागमती गोल्डकप, विजेताले ८ लाख रुपैयाँ

चैत २, हेटौंडा – मकवानपुरको बागमती गाउँपालिकामा चौँथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०७७ हुने भएको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिले पत्रकार सम्मोलन गरी प्रतियोगिता यही चैत १३ गते देखी शुरु हुने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहने आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता बागमती गाउँपालिका वडा नम्बर ८ स्थित जनता माविको खेलमैदानमा हुनेछ ।

प्रतियोगितामा साविक विजेता जाउलाखेल युवा क्लब सहित ए डिभिजनका फुटबल क्लबहरु च्यासल युवा क्लब, संकटा युवा क्लब, मछिन्द्र क्लब र थ्री स्टार युवा क्लबको सहभागीता रहने छ ।

त्यस्तै प्रतियोगितामा नव जन जागृती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, हेटौंडा–११, बिवाई सि भरतपुर चितवन र आयोजक बागमती खेलकुद विकास समितीले प्रतियोगितामा सहभागीता जनाउने छन् ।

प्रतियोगितामा सहभागीताका लागी बिभागिय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबलाई समेत पत्राचार गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद ८ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ४ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडी ट्रफिसहित नगद ५१ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद १०–१० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यानअफ द म्याचले पाँच हजार रुपैंया प्राप्त गर्नेछन् ।

चैत्र १३ गतेदेखि २२ गतेसम्म संचालन हुने प्रतियोगिताको करिब ७७ लाख ४५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बागमती खेलकुद विकास समितिका अध्यक्ष भिम बहादुर राईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*