हेटौंडामा जारी शहीद स्मृति गोल्डकपमा विजेता मछिन्द्र र संकटा भिड्दै
चैत २, हेटौंडा – हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आज (सोमबार) एडिभिजन लिग विजेता मछिन्द्र क्लब र संकटा क्लब भिड्दै छन्।
हेटौंडाको वनविज्ञान अध्ययन संस्थान ९फरेष्टी०को खेलमैदानमा आज दिउँसो दुई बजेबाट सुरु हुनेछ । संकटाले विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० गोलको संघर्षपुर्ण जित निकाल्दै प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । यस खेलमा जित हातपार्ने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ ।
विजयी हुने टोली प्रतियोगिताको सेमिफाइनलमा आयोजक टोली साविक विजेता रिगल हेटौंडा रिसोर्टसंग फाइनल प्रवेशको लागि चैत ४ गते प्रतिस्पर्धा गर्नेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।
त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । मकवानपुरका १० वटा स्थानीय तहको सहयोगमा फागुन २७ गते देखी शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुने आयोजकले जनाएको छ ।