चन्दा उठाउँदै हिँडेका मकवानपुर बकैयाका ५ जना पक्राउ

चैत ३, हेटौंडा । अवैधरुपमा चन्दा उठाएको आरोपमा मकवानपुरको ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखराको नयाँगाउँस्थित मितेरी पुलबाट चन्दा उठाउने रसिद सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । उनीहरुले रौतहटको टासी छोग्याल गुम्बा र गजुरा नगरपालिका कटानीको रसिदबाट पोखराका विभिन्न ठाउँमा चन्दा उठाउँदै हिँडेका भन्ने सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा मकवानपुरको बकैया–१ स्थाई घर भई पोखराको पृथ्वी चोकमा बस्दै आएका ४२ वर्षीय छिरिङ भन्ने निमा तामाङ,३५ वर्षीय पदमबहादुर लामा,६० वर्षीय धनबहादुर लामा, २६ वर्षीय विजय लामा र ३५ वर्षीय जितबहादुर थिङ रहेका छन् । लामा पोसाकमा गुम्बाको रसिद लिई चन्दा उठाई हिँडिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए ।

उनीहरुको साथबाट चन्दा बापत उठाएको ४२ हजार ४९१, गुम्बाका नाममा बनाइएको १२ थान रसिद ठेली, विभिन्न फाइल तथा रजिष्टर, मोवाइल सेट ७ थान बरामद गरेको प्रवक्ता हमालले बताए । पक्राउ परेका पाँचै जनालाई ठगी सम्बन्धी कसुर अन्र्तगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*