आज नेप्से परिसुचक सामान्य अंकले बढ्यो, कारोबार रकम साढे ३ अर्ब नजिक

चैत ३, काठमाडौं– कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेक्च (नेप्से) परिसुचक कारोबारको अन्तिमा समय सम्म आउँदा सामान्य अंकले बढेको छ ।

आज कारोबारको सुरुबाट उकालो ओरालो यात्रा तय गर्दै ३ बजेसम्म आइपुग्दाँ ०.११ अर्थात २.५६ अंकले बढेर २३९१.७४ को बिन्दुमा आएर कारोबार बन्द भएको छ । यस्तै, सेन्सेटिभ परिसुचक पनि सामान्उ अंकले बढेको छ । सेन्सेटिभ परिसुचक ०.४४ अंकले बढेर ४३०.४९ को बिन्दुमा पुगेको हो ।

कारोबारमा रहेका १३ उपसमुहमध्ये ६ उपसमुह ओरालो लागेका छन् भने बाँकी ७ उपसमुह बढेका छन् । अन्तिम समयसम्म कारोबारमा आएका २ सय १६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता शेयर ४६ हजार ५४० पटक खरिद बिक्री हुँदा ३ अर्ब ३७ करोड ५६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये नेपाल लाइफ इन्स्युरेन्सले सर्वाधिक कारोबार गर्दै उच्च स्थानमा रहेको छ । कम्पनीले मंगलबार १९ करोड ३८ लाख ७९ हजार रुपैंया बराबरको कारोबार गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*