हेटौंडामा जारी गोल्डकपमा आज मकवानपुर–११ र मछिन्द्र भिड्दै

चैत ४, हेटौंडा । हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनलको खेल सुरु हुँदैछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक साबिक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र एडिभिजन लिग विजेता मछिन्द्र क्लबबिच खेल हुँदैछ । खेल हेटौंडा–१० स्थित वनविज्ञान अध्यन सस्थानको खेलमैदानमा दिउँसो दुई बजेबाट सुरु हुनेछ । यसअघि भएको खेलमा मकवानपुर–११ले नवजनजागृती युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो भने मछिन्द्रले संकटा क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

आजको खेलको विजेता प्रतियोगिताको फाईनलमा प्रवेश गर्नेछन् । फाइनलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र अफ्रिकन रुट्स एशोसिएसन (अरास)  डुवल क्यामरुनबिचको विजेतासंग उपाधिको लागि भिड्ने छन् । जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्नेछ ।प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।

त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*