टिकटकको बढदो आकर्षण

 मकवानपुर, ५ चैत । टिकटक एक सामाजिक संजाल हो । धेरै एप्लिकेसनमध्ये अहिलेको अवस्थामा यो एप्लिकेसन बढी प्रयोगमा आएको छ ।

नेपालमा मात्र नभएर अन्य देशमा यसको राम्रो प्रयोग हुँदै आएको छ । मानिसहरु टिकटकलाई व्यवसायको रुपमा पनि लिँदै आइरहेका छन् । आफ्नो राम्रो प्रतिभा देखाई यसबाट पैसा पनि कमाउने गरेको पाइन्छ ।  यस समाजिक संजालको कारण विभिन्न ठाउको मानिसको भिडियो हामी एक कुनामा बसेर आन्नद लिँदै हेर्न पनि सकिन्छ । यो एप्लिकेसन यति धेरै लोकप्रिय भैसकेको छ कि स–साना बच्चाहरुदेखि निक्कै उमेर गइसकेका वृद्धहरुले पनि यसको प्रयोग गर्दै आएका छन् । यसबाट मानिसले विश्वको विभिन्न मानिसलाई चिन्ने मौका पनि दिएको छ ।

विशेष गरि भन्ने हो भने कलाकारिताका मनिसहरुलाई यसले धेरै फाइदा पुर्याएको छ । विभिन्न गितहरुले यस एप्लिकेसन मार्फत राम्रो बजार पाएका छन् । आफुमा भएको विभिन्न प्रतिभाहरु अरु समक्ष पुर्याइ कलाकारहरुले मन जित्न सफल भइ दर्शकको माया र साथ सहयोग पनि पाएका छन् ।  टिकटक मार्फत नै मानिसहरुले विभिन्न कलाहरु सिक्दै आएका पनि छन् । बेरोजगार मान्छेहरुको लागि यसले समयको सदुपयोगको साथसाथै केही नयाँ कुरा सिक्ने र सिकाउने अवसर पनि जुराएको छ । हाल हेर्ने हो भने मनिसहरु कतै घुम्न जाँदा पनि घुमेर भन्दा टिकटक बनाएर नै बढि समय यसलाई नै दिएको देख्न सक्दछौँ ।

फोटो भन्दा बढि मानिसहरु टिकटकमा नै प्रभावित हुँदै आएका छन् । टिकटको प्रयोगबाट केही राम्रो कुराहरु सिक्न सकेका छौँ भने यसका केही नकारात्मक पक्षले नराम्रो प्रभाव पार्दै पनि आईरहेको छ । कुनै यस्ता भिडियोहरु पनि हुन्छन कि आफ्नै परिवारसँग बसेर हेर्न पनि लाजमर्दो हुन्छ । यस्तो नराम्रो भिडियो टिकटकले आफै डिलेट पनि गर्दै आएको छ । यसको सहिसदुपयोग गरी धेरैले मान्छेको मन भित्र बस्न सफल भएका छन् भने कोहीलाई यसकै कारण बदनाम पनि भएका छन् ।

उनीहरुलाई समाजले हेर्ने दृष्टिकोण पनि गलत देखिन्छ । पहिले–पहिले विभिन्न घटना थाहा पाउन युट्युटुब वा विभिन्न समाचार साईटहरु नै खोल्नुपथ्र्यो भने आहिले टिकटक मार्फत मिनेटभरमै सजिलै विभिन्न घटना र जानकारी थाहा पाउन सहज सहज भएको छ । मेरो विचारमा टिकटक नै नहुने थियो भने केही मान्छेको प्रतिभा उनीहरु आआफुमा मात्र सिमित रहने थियो । यहि प्रतिभा देखाएर मान्छेहरु राम्रा कलाकार बन्न पनि सफल भएका छन् ।

यसका राम्रो पक्षहरुसँगै नराम्रा पक्षहरु पनि छन् । तर सकरात्मक पक्षको मात्र प्रयोग गर्यौँ भने यसले हामीलाई फाईदा नै फाईदा पुराउन पनि सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*