सुनको भाउ घट्यो, तोलामा कति ?

चैत ६, हेटौंडा – सुनको भाउ घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।

आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको १२ सय ९० रुपैयाँ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*