सरकारले दिएको १० लाख रुपैयाँ जोशीको परिवारले नलिने

चैत ८, काठमाण्डौ – मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको परिवारले सरकारले उपचारका लागि दिने भनेको सहयोग नलिने भएको छ ।

सरकारले जोशीको उपचारका लागि दिने भनेको १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेको जोशीका सहयोगी पुष्कर पाण्डेले जानकारी दिनुभयो । सरकारले गएको बिहीवार जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

तर जोशीको परिवारले सहयोग रकम विपन्न वर्गको स्वास्थ्य उपचारमा खर्च गर्न आग्रह गरेको छ । विपन्न वर्गले उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना रहेको पनि पाण्डेले जानकारी दिनुभयो ।

जोशीले पिता गजेन्द्रराज जोशीको नाममा वीर अस्पतालमा १० लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गर्नुभएको छ । गएको फागुन १४ गते मष्तिस्कघात भइ थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

जोशीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डाक्टर राजीव झाले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*