हेलमेट नलगाएको आरोपमा ट्रक ड्राइभरमाथि १६ सय जरिबाना
हेटौंडा, चैत ८ –मोटरसाइकल चलाउँदा हेलमेट नलगाएमा जरिबाना हुनु त सामान्य हो । तर के ट्रक ड्राइभरले समेत हेलमेट नलगाउँदा जरिबाना तिर्नुपरेको थाहा छ ?
भारतको ओडिसास्थित गन्जम भन्ने ठाउँमा यस्तै एउटा अनौठो घटना भएको छ । त्यहाँ प्रमोद कुमार नामका एकजना ट्रक चालकमाथि हेलमेट नपहिरिएको कारण १ हजार भारु (नेरु १ हजार ६ सय) जरिबाना तिराइएको छ ।
जबकि ट्रक चलाउनका लागि हेलमेट लगाउनुपर्ने नियम चाहीँ छैन ।