ड्राइभिङ लाइसेन्सको परीक्षामा १९२ पटक फेल, तर १७ वर्षदेखि प्रयास गर्दैछन् यी व्यक्ति

हेटौंडा, चैत ९- सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि गाडी चलाउने प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुनु अनिवार्य छ ।

यस्तो परीक्षामा सबैले सुरुमै सफलता प्राप्त गर्छन् भन्ने छैन अर्थात् पाँच सात पटक समेत प्रयास गर्नुपर्ने हुनसक्छ । तर एकजना यस्ता जब्बर व्यक्ति निस्किएका छन् जसले अहिलेसम्म ड्राइभिङ लाइसेन्स प्राप्त गर्नका लागि १ सय ९२ पटक ड्राइभिङ टेस्ट दिइसकेका छन् तर पास गर्न सकेका छैनन् ।

ती व्यक्ति पछिल्लो १७ वर्षदेखि ड्राइभिङ लाइसेन्स प्राप्त गर्न निरन्तर जुटिरहेका छन् तर हात रित्तो छ । यो अनौठो घटना पोल्याण्डको हो । ५० वर्षका ती व्यक्तिले वास्तवमा ड्राइभिङ टेस्टमा फेल हुने काण्डमा रेकर्ड नै कायम गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*