सुनको मुल्य घट्यो, तोलामा कति ?

हेटौंडा, चैत १० – सातोको तेस्रो दिन मंगलबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३ सयले घटेर ८६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ८७ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार २५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*