नेप्से परिसूचक दोहोरो अंकले घट्यो

१२ चैत, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावगट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने बुधबार भन्दा सुधारियो ।

समग्रमा बजार घटे पनि नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने व्यापार, होटल तथा पर्यटन र लगानी समूहको सव इन्डेक्स भने बढेको छ । बिहीबार धेरै बढ्नेको शिर्ष स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड देखिएको छ ।यसको सेयर मूल्य बिहीबार १० प्रतिशतले बढेर २ हजार ७९ रुपैयाँ पुगेको छ ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव २९ अंकले घटेर २ हजार ५ सय ४८ दशमलव ९७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेसक्स पनि ५ दशमलव ५७ अंकले घटेको छ ।

दिनभर भएका ७२ हजार ३३४ कारोबारबाट २०८ कम्पनीका १ करोड २१ लाख ३४ हजार ३५७ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब ५० करोड ८ लाख ६ हजार ४० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।३ समूहले कमाए, अरुले गुमाए ।

बिहीबार बजार घटे पनि होटल तथा पर्यटन समूहको सबइन्डेक्स ४ दशमलव ४५ प्रतिशत अर्थात १ सय ५४ दशमलव ०७ अंकले बढेको छ ।

दोस्रोमा व्यावार समूह ३ दशमलव ९४ प्रतिशत अर्थात १ सय ७४ दशमलव ८८ अंक र लगानी समूह १.४ प्रतिथशत अर्थात १.४३ अंकले बढेको छ । घट्नेहरुको अग्रस्थानमा नै हाइड्रोपावर समूह देखिएको छ ।

जसको सबइन्डेक्स ४७ दशमलव २६ अंकले घटेको छ । घट्नेको अगाडि नै बैंकिङ समूह पनि देखिएको छ । यो समूह १.१५ प्रतिशतले घटेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*