सुनको भाउ बढ्यो, तोलामा कति ?

चैत १६, काठमाण्डौ – सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको भाउ निर्धारण गरिएको थिएन ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*