प्रधानमन्त्री ओली थ्री नेसन्स कपको फाइनल हेर्न रंगशाला जाने

चैत १६, काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली थ्री नेसन्स कपको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् ।

सोमबार दिउँसो नेपाल र बंगलादेशबीच फाइनल प्रतियोगिता हेर्न प्रधानमन्त्री ओली रंगशाला आउने अखिल नेपाल फुटबल महासंघ (एन्फा) का प्रवक्ता किरण राईले बताए । ‘प्रधानमन्त्रीज्यू सवा ५ बजे रंगशाला आइपुग्ने कार्यक्रम छ ।

उहाँले फाइनल खेल हेरेपछि पुरस्कार वितरण गर्नुहुनेछ,’ प्रवक्ता राईले भने ।नेपाल र बंगलादेशबीचको फाइनल बेलुकी साढे ५ बजेदेखि सुरु हुनेछ । नेपाल र बंगलादेश तेस्रोपल्ट फाइनलमा भिड्न लागेका हुन् । नेपालले बंगलादेशविरुद्ध २२ वर्षअघि फाइनल खेल्दा प्रशिक्षक बालगोपाल महर्जन टिमका मिडफिल्डर थिए ।

दशरथ रंगशालामै भएको सन् १९९९ को आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) को त्यो फाइनलमा घरेलु टिमलाई १–० ले निराश पार्दै बंगलादेशले स्वर्ण पदक लगेको थियो ।

पहिलो साफ गेम्स ९१९८४० को फाइनल भेटमा भने नेपालले बंगलादेशलाई ४–२ ले पन्छाउँदै स्वर्ण चुमेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*