आज तेस्रो बकैया कपको फाईनल

चैत १९, हेटौंडा । जारी तेस्रो बकैया कप फुटबल प्रतियोगिताको फाईनल खेल आज हुुने भएको छ । गाउँपालिकाको वडा नंबर ४ को जुरेली खेल मैदानमा हुने प्रतियोगिताको फाईनल खेलमा आज उपाधीका लागि वडा नंबर ३ र ५ खेल्दै छन् ।

खेल १ बजेबाट सुरु हुने आयोजक बकैया गाउँपालिकाको खेलकुद विकास समितिले जनाएको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा वडा नंबर ६ लाई हराउँदै वडा नंबर ५ फाईनलमा प्रवेश गरेको थियो भने दोस्रो खेलमा वडा नंबर ४ लाई हराउँदै वडा नंबर ३ फाईनलमा प्रवेश गरेको थियो ।

चैत १३ गते देखि सुरु भएको प्रतियोगितामा बकैया गाउँपालिका का १२ वटा वडाहरुको एक–एक टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टोलीले नगद ५० हजार सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जनाईएको छ ।

यस्तै प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्ने बताईएको छ । पहिलो बकैया कप वडा नंबर ४ र दोस्रो बकैया कपको उपाधी वडा नंबर ५ ले हात पारेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*