सेयर बजार ऐतिहासिक बिन्दुमा पुग्यो , नेप्से २७०० अंक नजिक

चैत ३०, काठमाडौं – सोमबार सेयर बजार २७०० अंकको नजिक ऐतिहासिक बिन्दुमा पुगेको छ । १७.२ अंकले बढेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६९१ दशमलव ५५ बिन्दुमा पुगेको हो ।

पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले बढेका छन् । एनआइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९।९६ प्रतिशतले बढेको छ । १४० रुपैयाँले बढेको यसको सेयर मूल्य १५४५ रुपैयाँ पुगेको छ । महिला लघुवित्त वित्तीयको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ ।

९२ रुपैयाँले बढेको यसको मूल्य १०१७ रुपैयाँ कायम भएको छ । छ्यांग्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ । २२ रुपैयाँले बढेको यसको सेयर मूल्य २४५ रुपैयाँ कायम भएको छ । ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४२ रुपैयाँले बढेर ४६८ रुपैयाँ कायम भएको छ । सिन्दु हाइड्रोको सेयर मूल्य २० रुपैयाँले बढेर २२४ रुपैयाँ छ ।

सबैभन्दा बढी माइफ्रोफाइनान्स समूहका कम्पनीको सेयर मूल्य बढेको छ । ३.६४ प्रतिशतले बढेको यो समूहको परिसूचक ५३७४ अंक पुगेको छ । ट्रेडिङ, होटल एन्ड टुरिजम्, हाइड्रोपावर, फाइनान्स, इनभेष्टमेन्ट र अन्य समूहका परिसूचक नकारात्मक छन् ।

यसबीच सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ । २५ करोड रुपैयाँ बराबर कारोबार भएको यो बैंकको सेयर मूल्य ९४९ रुपैयाँ पुगेको छ । नबिल बैंकको सेयर कारोबार २४ करोड रुपैयाँ पुगेको छ । यो बैंकको सेयर मूल्य १३४८ रुपैयाँ छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा०को सेयर कारोबार २२ करोड रुपैयाँ छ । निफ्राको मूल्य ५८४ रुपैयाँ प्रति कित्ता छ ।

कूल सेयर कारोबार ७ अर्ब ६१ करोड रुपैयाँ छ । ८० हजार ९५९ पटकको कारोबारमा एक करोड ३८ लाख २१ हजार ५७३ कित्ता सेयर किनबेच भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*