सुनको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौं, वैशाख ७ – मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*