नेप्से आज सामान्य सुधार

बैशाख ७, काठमाडौं । यो साता लगातार दुई दिन घटेको सेयर बजारमा आज तेस्रो कारोबार दिनमा भने सामान्य सुधार भएको छ । आइतबार र सोमबार दुई दिनमा साढे ७३ अंकले घटेको नेप्से मंगलबार भने २.६८ अंकले बढेर २६६४.६२ अंकमा बन्द भएको छ ।

मंगलबार प्रि–ओपन सेसनमा ११.३१ अंकले वृद्धि भएर २६७३.२४ अंकमा खुलेको नेप्से उतार–चढावका बीच एकल अंकको सामान्य वृद्धि भएर बन्द भएको हो । ‘इन्ट्रा–डे’मा बजार परिसूचकले २६७४.७७ अंकको उच्च विन्दु कायम गर्‍यो भने २६४५.४६ अंकसम्म झरेको थियो ।

कोभिड–१९ को दोस्रो लहरले गर्दा लगानीकर्तामा अन्योल देखिँदा कारोबार रकम भने घटेको छ । मंगलबार १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ८६ लाख १७ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा बैंकिङ, निर्जीवन बिमा, म्युचुअल फन्ड र लगानी उपसूचकबाहेक सबै उपसूचक हरियो भएका छन् । बजारललाई लिड गर्ने बैंकिङ उपसूचक ०.०७ प्रतिशतले सामान्य करेक्सन भयो । यस्तै, निर्जीवन बिमा उपसूचक ०.१८ प्रतिशत र लगानी उपसूचक १.०३ प्रतिशतले घट्यो ।

यता, विकास बैंक उपसूचक सर्वाधिक १.६८ प्रतिश्तले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक १.२४ प्रतिशतले वृद्धि भयो । त्यसबाहेकको उपसूचकमा भने सामाय वृद्धि भएका छन् ।

मंगलबार कारोबार रकममा नागरिक लगानी कोषले लिड ग¥यो । कम्पनीको २१ करोड ४२ लाख ८९ हजारको कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १९ करोड ८६ लाख ७३ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएको युनाइटेड मोदी हाइड्रोपावर, महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समृद्धि फाइनान्स, ओरिएन्टल होटेल र छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले भने क्रमशः २.४७ प्रतिशत, २.२२ प्रतिशत र २.०२ प्रतिशतले गुमाएका छन् ।

आज कारोबारमा आएका मध्ये १०७ कम्पनीका लगानीकर्ताले कमाउँदा ५६ लगानीकर्ताको कम्पनीले गुमाएका छन् । यस्तै, १८ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*