आज सुनको भाउ प्रतितोलामा १३०० रुपैयाँले बढ्यो

बैशाख ८, काठमाडौँ – पछिल्लो दिनमा उतारचढाव देखिएको नेपाली सुनचाँदी बजारमा आज बुधबार भने सुनको भाउ एकैपटक प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँले बढेर ९२ हजार तोलामा कारोबार हुने भएको हो ।

हिजो सामान्य घटेर ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो । सोही परिमाणको तेजावी सुनको भाउ आज प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ ।

लगातार तीन दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बृद्धि भएको छ । हिजो प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*