सुनको मुल्य बढ्यो तोलामा कति ?

बैशाख ९, काठमाडौँ । विहिबार सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलाको ३० रुपैयाँले बढेर प्रतितोला १३३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*