२० मिनेटमै नेप्से परिसूचक ५५ अंकले घट्यो
१३ वैशाख, काठमाडौं । आइतबार ठूलो अंकले पहिरो गएको सेयर बजारमा सोमबार पनि कारोबार खुलेसँगै ठूलो अंकको गिरावट देखिएको छ ।
साताको दोस्रो दिन सोमबार कारोबार खुलेको २० मिनेटमा ५५ अंकले नेप्से परिसूचक घटेको छ ।नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने म्युचुअल फण्डबाहेकका सबै सवइन्डेक्सहरु घटेका छन् ।
बजार ठूलो अंकले घट्दा पनि विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने राम्रै बढेको छ ।