हेटौंडाका बालविकास केन्दमा कार्यरत शिक्षकको तलब बृद्धी
बैशाख १४, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बालबिकास केन्द्रमा कार्यरत शिक्षक तथा सहजकर्ताहरुलाई थप पारिश्रमिक दिने भएको छ ।
उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको अध्यक्षतमा बसेको कार्यपालिकाको बैठकले बालविकास केन्द्रमा कार्यरत शिक्षकलाई मासिक थप ७ हजार ४ सय ४० रुपैयाँ बृद्धी गरेर दिने निर्णय गरेको हो ।
अहिले बालविकास केन्द्रमा कार्यरत शिक्षक तथा सहयोगि कार्यकर्ताहरुले मासिक ६ हजार रुपैयाँ मात्र पारिश्रमिक प्राप्त गर्दै आएकोमा यो रकमलाई बृद्धी गरिएको मेयर महतले वताउनुभयो । थोरै पारिश्रमिकमा पनि काम गर्न बाध्य भएकाहरुलाई उपमहानगरपालिकाको तर्फबाट थप गरिएको हो ।
समुदाय स्तरमा बालबालिकाको विकास र प्रवद्र्धधनका लागि प्रारम्भिक बाल विकास केन्द्र अन्तर्गत हाल कार्यरत शिक्षकर सहजकर्ताहरुलाई हाल प्रदान गरिदैं आएको मासिक पारिश्रमिकलाई बृद्धि गरी श्रम ऐनको प्रावधान बमोजिम मासिक १३ हजार ४ सय ५० रुपैयाँ पुर्याइएको मेयर महतले वताउनुभयो ।
यसका लागि आवश्यक पर्ने रकम ब्यवस्थापन गरी यो व्यवस्था आउँदो जेष्ठ १ गतेबाट लागु गर्ने उपमहानरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा ९५ जना शिक्षक तथा सहयोगी कार्यकर्ता कार्यरत रहेका छन् ।
यसैगरी कार्यपालिकाको बैठकले चालु आर्थिक वर्ष २०७७र०७८ मा स्वीकृत योजना तथा कार्यक्रमहरु मध्ये सम्झौता हुन बाँकी योजना तथा कार्यक्रमहरु २०७८ बैसाख २० गते भित्र सम्झौता गर्ने गरी उपहमहानगरपालिकामा पेश गर्न आग्रह गरेको छ ।
यसैगरी आर्थिक वर्ष २०७८र७९ को नीति कार्यक्रम तथा बजेट तयारीको कार्य अबिलम्ब शुरु गर्नको लागि यस अगाडि गठन भएको समितिलाई निर्देशन दिने निर्णय भएको चौलागाईले वताउनुभयो । विभिन्न शाखारमहाशाखागत रूपमा बिभीन्न विषय क्षेत्रको नीति कार्यक्रम र बजेटको खाका २०७८ बैसाख २० गते भित्र पेश गर्ने गरी समय सीमा निर्धारण गर्ने निर्णय गरिएको चौलागाईले जानकारी दिनुभयो ।
नगरपालिका कार्यालय परिसरको सुरक्षा तथा सौन्दर्यताको लागि परिसर कम्पाउण्ड निर्माण गर्न अबिलम्ब लगत स्टिमेट तयार गरी कार्य शुरु गर्न निर्देशन दिने निर्णय भएको छ । उपमहानरपालिकाबाट स्वीकृत सामाजिक अभियानरजागरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दा उपमहानगरपालिकाद्वारा गठन भएका टोल विकास संस्थारमहिला जागरण समूह लगायतका संस्था तथा संरचना मार्फत कार्यक्रम संचालन गर्ने गराउने निर्णय भएको चौलागाईले जानकारी दिनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा रहेका खोला खहरेहरुमा थुप्रिएको नदीजन्य पदार्थहरु उत्खनन गर्न पर्सा राष्ट्रिय निकुञ्ज, हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका समेत प्रस्तावक रही तर्जुमा भएको आईई प्रतिवेदन अनुसारको नदीजन्य पदार्थको उत्खनन गर्ने म्याद समाप्त भएको र नदीजन्य पदार्थ उत्खनन कार्य बाँकी रहेकोले उक्त प्रतिवेदनको म्याद थप गर्न नेपाल सरकारको सम्बन्धित निकायमा सिफारिस गर्ने निर्याय गरिएको छ ।