पेट्रोल,डिजेलको मूल्य बढ्यो

नयाँ दिल्ली, वैशाख २२- भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ। मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो।

बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ। राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ।

भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए। मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो।

सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१. पेट्रोल,डिजेलको मूल्य बढ्यो
५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*