नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

बैशाख २२, काठमाडौं – कारोबारको चौथो दिन (बुधवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ०.६६ अंकले घटेर २६५४.०३ विन्दुमा पुगेको छ ।

यस अवधिमा परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशतले घटेको हो दुई घण्टाको अवधिमा २१४ ओटा कम्पनीको रू। ३ अर्ब १२ करोड ३५ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ ।

कारोबारको दोस्रो घण्टामा रैराङ हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, महिला लघुवित्त, विशाल बजार कम्पनी, लिवर्टी इनर्जी, राधी विद्युत् कम्पनी, सिंगटी हाइड्रो, जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सोही अवधीसम्म कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, जलविद्युत्, वित्त र लघुवित्त समूहको परिसूचक बढेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*