सुनको मुल्य बढ्यो, तोलामा कति ?

हेटौंडा, बैशाख २७- सुनको मूल्य सोमबार दुई सय रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।

साताको पहिलो दिन आइतबार एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ६० रुपैयाँ भएको छ। आइतबार तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा कोरोनाका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएकाले मूल्य बढेको हो।सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८३३ .७९ डलर र चाँदी प्रतिऔंस २७.७१ डलरमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*