२७.४७ अंकले बढ्यो शेयर बजार

बैशाख २८, हेटौंडा- साताको कारोबारको तेस्रो दिन शेयर बजारमा चमक आएको छ ।

यस दिन नेप्से परिसूचक २७.४७ अंकले बढ्दै शेयर बजार २६७३.३१ विन्दुमा पुगेको छ ।मंगलवार सेन्सेटिभ परिसूचक पनि ३.१२ प्रतिशतले बढ्दै ४७८.२४ विन्दुमा पुगेको छ ।

कुल २ सय २० कम्पनीको शेयर कारोबार भएको मंगलवार ५ अर्बभन्दा बढीको कारोबार भएको छ ।यस दिन कुल २ सय २० कम्पनीको १ करोड ७ लाख ६१ हजार ७ सय ३० कित्ता शेयर ५ अर्ब ७७ करोड ५४ लाख ३० हजार ५ सय ८४ रुपैयाँमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

यस दिन १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य ३ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएका छन् ।नेप्सेका अनुसार बोट्लर्स नेपाल तराई लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो । शेयर मूल्य १० प्रतिशतले बढ्दै १० हजार ६५ रुपैयाँ पुगेको छ ।

यस्तै रुरु जलविद्युत आयोजनाको शेयर मूल्य ९.९७ प्रतिशतले बढ्दै ६ सय ६२ रुपैयाँ पुगेको छ ।यस्तै युनाइटेड मोदी जलविद्युत लिमिटेडको शेयर मूल्य ९.९१ प्रतिशतले बढ्दै २ सय ५५ रुपैयाँमा पुगेको छ ।

नेप्सेका अनुसार, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य ९.८८ प्रतिशतले बढ्दै २ सय ७८ रुपैयाँ पुगेको छ ।यस्तै बिशाल बजारको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य ५ सय ४४ रुपैयाँ घट्दै अन्तिम समयमा ४ हजार ८ सय ९७ रुपैयाँमा आइपुगेको छ ।

कारोबारको अन्तिम समयसम्ममा यस दिन सबै समूहका सूचकहरू हरियाली रहेका छन् ।यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । यस कम्पनीले मंगलवार मात्रै ७५ करोड ८३ लाख ३९ हजार ४ सय ७ रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*