नेपाल भ्रमण नगर्न अमेरिकाको सुझाव
२९ वैशाख, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ठूलो संख्यामा बढिरहेको अवस्थामा अमेरिकाको विदेश मन्त्रालयले नेपाललाई लेभल फोरमा अर्थात् भ्रमण नगर्न सुझाव दिने देशको सूचीमा राखेको छ ।
नेपालले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ । यस्तोमा नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टर्ड विमानको सहयोगमा अमेरिका लैजाने प्रस्ताव गरेको छ ।
तर, यस विषयमा सरकारले कुनै जवाफ नदिएको दूतावासले बताएको छ ।यसअघि आफ्नो घर फर्किनको लागि नाम दर्ता नगराएका मानिसले आफ्नो नाम दर्ता गराउन दूतावासले आग्रह गरेको छ ।
सरकारले अनुमति दिएको अवस्थामा दूतावासले अमेरिकी नागरिकहरुलाई यस विषयमा जानकारी उपलब्ध गराउने बताएको छ ।