सुनको मूल्य घट्यो, तोलामा कति ?

बैशाख २९, काठमाडौँ । बुधबार सुनको मुल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १३४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*