आज शेयरबजार १० अंकले लाग्यो उकालो

काठमाडौं, ३० बैशाख । आज शेयरबजार १० अंकले उकालो लागेको छ । ०.३८ प्रतिशत अर्थात १० दशमलव १३ अंकले बढ्दा २६ सय ८४ दशमलव १ उच्च विन्दुमा पुगेको हो ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव १२ अंकले बढेर ४७९ दशमलव ५० विन्दुमा पुगेको छ । आज व्यापार, होटल तथा टुरिजम, म्यानुफ्याक्चरिङ तथा उत्पादा र इन्भेष्टमेन्ट उपसमुहको बाहेक ९ समुहका सुचक बढेका छन् ।

नेप्से परिसुचक अनुसार आज २१८ कम्पनीको ८५ हजार ४३० पटक कारोबार ७ अर्ब ४८ करोड ८४ लाख ३ हजार ८१६ रुपैयाँ बराबरको २ करोड १७ लाख ८६ हजार ७७२ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*