सेयर बजार परिसूचक नेप्सेमा आज उच्च वृद्धि

२ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज उच्च वृद्धि भएको छ । साताको पहिलो दिन कारोबार रकममा समेत उत्साहजनक वृद्धि देखिएको छ ।

८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बजार ५४.२६ अंकले बढ्यो । यो २.०२ प्रतिशतको वृद्धिदर हो । आइतबार कारोबार रकम १० अर्ब ४० करोड ३८ लाख भएको छ । बजार २७३८.३५ अंकमा पुगेर रोकिएको छ ।

आज ८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबार कुल २१४ कम्पनीको १ लाख १३ हजार ६९ वटा कारोबार भएको छ । यी कारोबारमा कुल २ करोड १४ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार सबैजसो परिसूचकमा हरियाली छायो । यसमध्ये निर्जिवन बीमा समूहको परिसूचक सबैभन्दा बढी बढ्यो । त्यसपछि क्रमशः विकास बैक, जिवन बीमा, लगानी समुहको परिसूचकमा वृद्धि भएको छ । आज रुरु जलविद्यूत आयोजनाको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भयो । यो कम्पनीका लगानीकर्ताले बढी कमाए ।

यसबाहेक शिखर इन्स्यारेन्स, समता घरेलु लघुवित्त वित्तीय संस्था, सप्तकोशी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स र विशाल बजार कम्पनीका लगानीकर्ताले बढी कमाए ।

आज बढी गुमाउनेमा भने युनियन हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, नारायणी विकास बैंक, घलेम्दी हाइड्रोलगायत रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*