नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि

जेठ ३, काठमाडौं- नेपालको पुँजीबजार लगातार दोस्रो दिन दोहोरो अंकले बढेको छ। आइतबार निषेधाज्ञायताकै उच्च अंकले बढेको नेप्सेमा आज पनि दोहोरो अंकको वृद्धि देखिएको हो।

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.७१ अंकले बढेर २७५९.२२ विन्दुमा पुगेको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.४५ अंकले बढेर ४९२.५९ विन्दुमा कायम भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*