सुनको भाउ बढ्यो, तोलामा कति ?
जेठ ६, काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थानीय बजारमा सुनको भाउ बृद्धि भएको छ । बुधबार ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ७०० रुपैयाँ र तेजावी सुन ९३ हजार २०० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।