आज नेप्से ५५ दशमलव ७६ अंकले बढ्यो

१९ जेठ, काठमाडौं । सोमबार र मंगलबार लगातार घटेको सेयर बजारमा बुधबार भने उत्साह देखिएको छ । बुधबार नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेििटभ इन्डेक्स पनि ७ दशमलव ८३ अंकले बढेको छ । यस अघि सोमबार ४५ अंकले बजार घटेको थियो भने मंगलबार पनि दोहोरो अंकले घटेको थियो ।

कारोबार रकममा पनि मंगलबारको तुलनामा सुधार देखिएको छ । मंगबलार ९ अर्ब भन्दा पनि कम भएकेमा बुधबार ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*