सुनचाँदीको भाउ बढ्यो, तोलामा कति ? 

काठमाण्डौ,जेठ २० –  सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजो सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ आज तोलामा १३ सय ७५ रुपैयाँ तोकिएको छ।

कोरोना महामारीका कारण भएको निषेधाज्ञाका कारण सुनको भाउ तोकिए पनि कारोबार भने प्राय ठप्प छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*