आज एकै दिन झण्डै १७ अर्बको सेयर किनबेच

हेटौंडा, जेठ २०-  साता कारोबारको अन्तिम दिन बिहीकार सेयर कारोबार रकममा नयाँ रेकर्ड बनेको छ।

यस दिन झण्डै १७ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ। १६ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। त्यस्तै परिसूचक २९ अंकले बढेर २८५६ अंकमा पुगेको छ। यो अंक पनि अहिलेसम्मकै उच्च हो।

यस दिन बैंकिङ समूहले नै नेप्सेलाई उचालेको छ। सो समूह ५० अंकले बढेको छ। त्यस्तै होटल तथा पर्यटन ११७, विकास बैंक १४६, फाइनान्स ६२, उत्पादन ७१, माइक्रोफाइनान्स ४० र जीवन बीमा समूह ५ अंकले बढेका छन्।

त्यस्तै ब्यापार ९, जलविद्युत ६०, निर्जीवन बीमा ११३ र अन्य समूह १५ अंकले बढेका छन्। मञ्जुश्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*