हेटौंडा उपमहानगरपालिकाका सबै वडाको एक–एक जना एकल महिलालाई आयआर्जनमा अनुदान

जेठ २४, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका एक–एक जना एकल महिलालाई आयआर्जनमा सहयोग गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले एकल महिलालाई आयआर्जनमा सहयोग पुगोस भन्ने उदेस्यले नगद रकम अनुदानका रुपमा हस्तान्तरण गर्नुभयो ।

एउटा वडाको एक जना महिलालाई १५ हजारका दरले रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा हेटौंडाका १४ वटा वडाका १४ जनालाई मेयर महतले हस्तान्तरण गर्नुभयो । अरु पाँच जना एकल महिलालाई पछी हस्तान्तरण गरिने भएको छ ।

एकल महिलालाइृ कुखुरा पालन, तरकारी पसल, किराना पसल, बाख्रा पालन, गाई पालन लगायतका क्षेत्रमा सहयोग पुगोस भन्ने उदेस्यले अनुदान रकम हस्तान्तरण गरिएको उपमहानगरपालिकाका महिला तथा बालबालिका महासाखाका प्रमुख बिष्णु कुमारी लामिछानेले वताउनुभयो ।

परिवारका सदस्य गुमाएका महिलालाई परिवार चलाउन समस्या भएपछी उपमहानगरपालिकाले केही रकम सहयोग गरेको हो । यो रकमले एकल महिलाको आयआर्जनमा थप सहयोग पुग्ने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*