आज प्रदेश–१ को बजेट अधिवेशन

हेटौंडा, जेठ २४ – प्रदेश–१ सभाको आठौं तथा बजेट अधिवेशन आज (सोमबार) शुरु हुँदैछ । आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । यो अधिवेशनमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ। यसको लागि प्रदेशसभा सचिवालयले प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संसदीय पत्रकार र सांसदहरूको पीसीआर परीक्षण गरिसकेको छ ।

यसअघि वैशाख ५ मा प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन विपक्षी अवरोधकै बीचमा टुंगिएको थियो। अधिवेशनका आठ वटा बैठकमध्ये मुख्यमन्त्री शेरधन राई अन्तिम बैठकमा मात्रै संसदमा सहभागी बनेका थिए।सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी सुरु गरेपछि प्रदेशका विपक्षी दलहरुले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा चेतावनी दिएका थिए।मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक राखेर बजेट संसद्बाटै ल्याउने बताएका थिए।

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव, सत्तापक्षकै अगुवाइमा संसद् अवरोध र बहिष्कारकाबीच हिउँदे अधिवेशनमा कुनै पनि विधेयक पारित हुन सकेन। अहिले सम्म प्रदेश १ संसद्बाट पाँच संशोधन ऐन, दुई संसद् नियमावलीसहित ५६ वटा विधेयक पारित भइसकेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*