सुनचाँदीको भाउ बढ्यो,तोलामा कति ?

जेठ २५, हेटौंडा – सुनचाँदीको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन हिजो तोलाको ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १३ सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*