सुनको भाउ घट्यो, तोलामा कति ?

जेठ ३१, काठमाण्डौ – सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेको छ । आज ७ सय रुपैयाँ घटेको सुनको भाउ तोलाको ९३ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हप्ताको पहिलो दिन हिजो सुनको भाउ तोलामा छ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय ६५ रुपैयाँ तोकिएको छ । हिजो चाँदी तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*