नेपाली महिलाको शब चन्दा उठाएर कुवेतबाट ल्याइयो स्वदेश
झापा, असार १ – एक नेपाली महिलाको शब आर्थिक सहयोग संकलन गरेर कुवेतबाट स्वदेश पठाईको छ ।
झापा घर भई कुवेत ज्यान गुमाएकी मुना राईको शव पठाउन आर्थिक संकलन गरिएको हो । झापाली समाज कुवेतले शव पठाउन लाग्ने शुल्क ३ सय ८५ केडी (नेरु करिब १ लाख ४७ हजार) सहयोग संकलन गरी त्यहाँस्थि नेपाली दूतवासमालाई बुझाएपछि शव नेपाल पठाईएको समाज उपाध्यक्ष राजु धिमालले जानकारी दिए ।
उपाध्यक्ष धिमालको पहलमा २ सय ७० केडी, गैरआबासीय नेपाली संघ कुवेतबाट ४९ केडी, तुलसी लिम्बूको पहलमा २५ केडी लगायत अन्य व्यक्तिहरुको पहलमा ४१ केडीसहित ३ सय ८५ केडी दूतावासलाई बुझाईएको थियो ।
आर्थिक अभावमा शव अलपत्र परेपछि सहयोग रकम संकलन गरिएको थियो । मृतक राई भारतको बाटो हुँदै गैरकानूनीरूपमा कुवेतमा पुगेकी थिइन् ।