नेप्से परिसूचक ३.७२ अंकले घट्दा साढे १६ अर्बको कारोबार

असार १ , काठमाडौं- लगातार बढेर दैनिकजसो रेकर्ड बनिरहेको सेयर बजारमा मंगलबार सामान्य करेक्सन देखिएको छ।

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ऐतिहासिक ३०२५.८३ विन्दुमा पुगेको थियो। आज नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.११ विन्दुमा झरेको छ।

नेप्सेमा आज १६ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कूल २२६ वटा कम्पनीका तीन करोड नौ लाख ४८ हजार ८५३ कित्ता सेयर एक लाख ६४ हजार ७९० पटक खरिद-बिक्री भएका थिए।

आज सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९.८८ प्रतिशतका दरले कमाएका छन्। छ्याङ्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ७.६६ प्रतिशतका दरले गुमाएका छन्।

आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ७६ करोड ३० लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। सङ्ख्यात्मक आधारमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका ११ लाख ९२ हजार ११३ कित्ता सेयर किनबेच भएका थिए।

सोही कम्पनीका सेयर सबैभन्दा बढी छ हजार ७४६ पटक खरिद(बिक्री भएको नेप्सेले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*