भीमफेदी–कुलेखानी सुरुङ्ग मार्ग निर्माणको लागि ७५ करोड बजेट

असार १, हेटौंडा । मकवानपुरको भीमफेदी–कुलेखानी सुरुङ्ग मार्ग निर्माण गर्न ७५ करोड बजेट छुट्याइएको छ । संघीय सरकारको लगानीमा सुरुङमार्ग निर्माण गर्न लागिएको हो । प्रदेश गौरवको आयोजनाको रुपमा रहेको पोष्ट बहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ्ग मार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमा शुरु गरिने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले वताउनुभयो ।

चितवनको नारायणी खगेरी सिंचाइ प्रणालीको ईम्ब्यांकमेन्टमा मेट्रो रेल, ट्राम जस्ता सम्भाव्य यातायातको लागि अध्ययन कार्य प्रारम्भ गरिने उहाँले वताउनुभयो । प्रदेश राजधानी हेटौडा–भरतपुर–मेघौली जोड्न मेट्रो रेल, ट्राम जस्ता यातायात सञ्चाभलनको पूर्व सम्भाव्यता अध्ययनको लागि बजेटको प्रबन्ध मिलाएको उहाँले वताउनुभयो । मदन भण्डारी मार्ग भैसे –भिमफेदी– कुलेखानी–सिस्नेरी–दक्षिणकालीको कुल ५३ किलोमिटर मध्ये भैंसे–भीमफेदी ११ दशमलब ५० किलोमिटर सडक खण्ड दुई लेनमा स्तरोन्नलति गर्ने कार्य आगामी आर्थिक वर्षमा सम्पन्नद गरिने उहाँले वताउनुभयो ।

कुलेखानीदेखि दक्षिणकालीसम्मको सडक आगामी आर्थिक वर्षमा सम्पन्न् गर्न र बाँकी २१ किलोमिटर सडकलाई दुई लेनमा स्तरोन्निति गर्ने कार्य समेतको लागि आवश्यक बजेट विनियोजन गरिएको मन्त्री ढुंगेलले वताउनुभयो । “प्रादेशिक लोकमार्ग” कार्यक्रममा पुष्पलाल चक्रपथ अन्तर्गतका सडकहरुलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिने नीतिलाई निरन्तरता दिदै प्रादेशिक सडक आयोजनाहरु कार्यान्वयन गर्न एक अर्व २९ करोड बजेट विनियोजन गरिएको छ ।

“मुख्यमन्त्री प्रादेशिक सडक कार्यक्रम” अन्तर्गत प्रदेशको मुख्य आर्थिक तथा बजार केन्द्र, धार्मिक, ऐतिहासिक, पर्यटकीय, औद्योगिक तथा अन्य महत्त्वका स्थलहरु जोड्ने रणनीतिक सडक वा उपमार्ग (बाईपास) जस्ता आयोजनाहरुका लागि ३ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश भित्र रहेका शहरका मुख्य स्थान, शहरी चक्रपथ, कृषि बजार केन्द्र, शिक्षा र स्वास्थ्य केन्द्र जोड्ने तथा तत्काल प्रतिफल र रोजगारी सृजना गर्ने सडक आयोजनाहरुका लागि शहरी तथा स्थानीय सडक कार्यक्रममा १ अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ ।

\प्रादेशिक सडक पुल कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षमा सडक पुल तथा झोलुंगे पुल निर्माणको लागि एक अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ । सडक सौन्दर्यीकरण तथा भूक्षय नियन्त्रणका लागि बायो ईन्जिनियरिङ्ग प्रविधि प्रयोग गरिनेछ। सडकमा हुने सवारी तथा पदयात्री दुर्घटना न्यूनीकरणका लागि सुरक्षाका संरचनाहरु निर्माण गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*