३ हजार भन्दा तल झर्‍यो नेप्से परिसूचक

२ असार, काठमाडौं । सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने ३ हजार भन्दा तल झरेको छ ।

बुधबार प्रिओपन सेसनमा नै ३२ अंकले घटेको नेप्से परिसूचक कारोबार खुला भएसँगै पनि ओरालो लागेको थियो । बजार बन्द हुँदा नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलव ६९ अंकमा पुगेको छ ।

आइतबार २ हजार ९ सय ८३ अंकमा पुगेको नेप्से परिसूचक सोमबार ३ हजार माथि पुगेर रेकर्ड कायम भएको थियो । मंगलबार झिनो अंकले ‘करेक्सन’ देखिए पनि परिसूचक ३ हजार माथि नै रोकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*