सात देशमा हवाइ उडान खोल्ने सीसीएमसीको निर्णय
असार ३, हेटौंडा – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले सात देशको उडान खोल्ने निर्णय गरेको हो। पहिलो चरणमा नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियामा उडान सञ्चालन हुने भएको छ।
सीसीएमसी निर्देशक समितिको निर्णय अनुसार सात वटै देशबाट सातामा दुई हजारभन्दा बढी यात्रु नबढ्ने गरी हवाइ उडान सञ्चालन हुनेछ। यसरी विदेशबाट आएका यात्रुलाई स्वास्थ्य मापदण्डमा भने कडाइ गरिने भएको छ।
विदेशबाट आएका यात्रुले १५ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ। बैदेशिक रोजगारीमा गएका तर बिभिन्न कारणले होटलमा क्वारेन्टिन बस्न नसक्ने कामदारका लागि भने १० दिनको खर्च सरकारले व्यवस्था गर्ने सीसीएमसीले निर्णय गरेको छ।